‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
नवलपुर, कात्तिक १४ । ‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
नवलपुर, कात्तिक १४ । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा सफलता हासिल गरेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले उत्कृष्ट अभिनय विधाको अवार्ड जित्नुभएको छ ।
एसिया प्रशान्त क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गरिने यस अवार्डमा पुष्पाको जितले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाएको छ।
अविनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्र तीन विधामा मनोनयनमा परेको थियो। चलचित्र उत्कृष्ट फिल्म, निर्देशक शाह उत्कृष्ट निर्देशक र अभिनेत्री पुष्पा उत्कृष्ट अभिनय विधामा मनोनयनमा परेका थिए।
चलचित्रको टोलीले अनलाइनखबरसँग कुरा गर्दै अवार्ड समारोहमा सहभागी हुन अस्ट्रेलिया आउने योजना बनाए पनि अन्तिम समयमा रद्द गर्नुपरेको जनाएको छ। त्यसैले समारोहमा चलचित्र टोलीको प्रत्यक्ष उपस्थिति हुन सकेन।
अवार्ड जितेपछि अभिनेत्री पुष्पा थिङ लामाले एसिया प्यासिफिक स्क्रिन अवार्डप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो सम्मान आफ्नो लागि विशेष रहेको बताउँदै निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेललाई धन्यवाद दिनुभएको छ।
आफूमाथि विश्वास गरेर ‘पिरती’ पात्रलाई जीवन्त बनाउने अवसर दिएकोमा उहाँले निर्देशक र निर्माताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। यो सम्मान आफ्नो अभिनय यात्राको सुन्दर उपलब्धि भएको र सधैँ विशेष सम्झनाका रूपमा सँगालेर राख्ने पनि उहाँले बताउनुभएको छ।
नेपाली समाज, संस्कृति र सीमान्तकृत समुदायको कथा समेटिएको ‘एलिफेन्ट्स इन द फग’ यसअघि सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो। उक्त विधामा चलचित्रले जुरी पुरस्कारसमेत प्राप्त गरेको थियो।
कान्समा सफलता पाएपछि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चर्चा बटुलिरहेको यस चलचित्रले अस्ट्रेलियामा प्राप्त गरेको अवार्डलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्राको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,







प्रतिकृया दिनुहोस