सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्द
नवलपुर,कात्तिक १४ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ । आयोजनाले सार्वजनिक सूचनामार्फत् ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।
आयोजनाले यसअघि गएको जेठ २५ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३९२० मा रहेको व्यवस्थाअनुसार यो ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले अस्ति बिहीबार बेलुका नियन्त्रणमा लिएको थियो ।
सिरहाबाट नियन्त्रणमा लिएका उहाँहरुलाई त्यही रात काठमाण्डौ पठाएकोमा कहाँ राखिएको छ भन्ने खुलेको छैन ।

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी
नवलपुर,कात्तिक १५ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने
नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,







प्रतिकृया दिनुहोस