-->

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर,कात्तिक १४ । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा हिजो बेलुका जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु सात जना घाइते भएका छन् ।

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेको भित्री कच्ची सडकखण्डमा श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप सडकबाट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना लगत्तै १० जना घाइते भएकोमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको र घाइतेमध्ये तीन जनाको उपचारका क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका प्रहरीको भनाइ छ । घाइतेको सल्यान, दाङ र नेपालगञ्जमा उपचार भैरहेको छ ।

जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पानी परेका कारण उकालोमा चिप्लिएर जीप सडकबाट खसेको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

नवलपुर,कात्तिक १५ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते

Nawalpurfm

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

नवलपुर,कात्तिक १५ ।  डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने

नवलपुर,कात्तिक १५ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान,

↑