-->

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

Nawalpurfm

नवलपुर,कात्तिक ५ । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ तारिख अर्थात् मंसिर १८ देखि पुस ६ गतेसम्म काठमाण्डौमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलमा डीआरएस लागू भएसँगै खेल समय परिवर्तन

नवलपुर,कात्तिक,४ । नेपाल प्रिमियर लिग (एनपीएल) मा डीआरएस प्रविधि लागू भएसँगै खेल समय परिवर्तन भएको छ । तेस्रो संस्करणको एनपीएलको खेल समय परिवर्तन

Nawalpurfm

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित, छैटौं स्थान पक्का

नवलपुर,कात्तिक ३ । बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का

Nawalpurfm

दीपेन्द्र र रोहितको कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनको लक्ष्य

नवलपुर,कात्तिक २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट

↑