दीपेन्द्र र रोहितको कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनको लक्ष्य
नवलपुर,कात्तिक २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए । ओमानका शाह फैसलले ५, जे ओदेद्राले ३ विकेट लिए ।
आजको खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी आज तोडिएको हो ।
लिग–२ तालिकाको शीर्ष–६ मा अटाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ । यो शृङ्खलाको शुरुआती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल अस्ति शनिवार क्यानडासँग २४ रनले पराजित भएको थियो ।
क्यानडा ३६ खेलमा २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । नेपाल ३५ खेलमा २८ अङ्कसहित सातौँ स्थानमा छ । नेपालले ओमानलाई हराउन सके फेरि छैटौँ स्थानमा पुग्नेछ ।
लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।
यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने
नवलपुर,कात्तिक २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल अल अमिरातमा नेपाली

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
नवलपुर, असोज ३१ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै
नवलपुर,असोज ३० । आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि








प्रतिकृया दिनुहोस