आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै
नवलपुर,असोज ३० । आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ ।
खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन् ।
टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन् । टोलीमा विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका छन् ।
यस्तै, बंगलादेशको ढाकामा हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा सहभागी हुन नेपाली टोली भोलि त्यसतर्फ जाने भएको छ ।
पर्सिदेखि कात्तिक ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राईको कप्तानीमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना सहभागी हुँदैछन् ।
टोलीको प्रशिक्षकमा सुशील अधिकारी छन् । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ)को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तानको सहभागिता रहनेछ ।

पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० मा श्रीलङ्का ८ विकेटले विजयी
नवलपुर,असोज,२८ । पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का ८ विकेटले विजयी भएको छ । कुशल मेन्डिसको उत्कृष्ट

नेपालले आज ओमानसँग विश्वकप क्रिकेट लिग–२ खेल खेल्दै
नवलपुर,असोज २७ । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
नवलपुर,असोज २७ । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस