-->

बुढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि आंशिक खुल्यो

Nawalpurfm

नवलपुर,असोज ३० ।  बुढीगण्डकीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ ।

बाटो खुलेसँगै रोकिएका स्थानीय बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । तर, बाटोमा अझै सहज आवतजावत हुन नसक्दा खाद्यान्न ढुवानीमा समस्या भएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार गाउँपालिकाको आह्वानमा पालिकाले लगातार तीन दिन श्रमदान गरेपछि पैदल हिँड्न मिल्ने गरी बाटो खुलाएको हो ।

बुढीगण्डकीमा आएको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि त्यस क्षेत्रको आवतजावत अवरुद्ध भएको थियो । गएको मंगलबारदेखि स्थानीयवासीले बाढीले थुपारेको लेदो हटाउने, मुढा तेस्र्याउने र भर्‍याङ राख्ने काम गरेर बाटो आंशिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

बाटो खुलेपछि रोकिएर बसेका झण्डै एक सय जना भर्‍याङ र डोरीको सहायताले गाउँ पुगेका छन् । बाटोमा मानिस जसोतसो हिँड्न मिल्ने भए पनि भारी बोक्न र खच्चड चलाउन सक्ने अवस्था छैन । यसले गर्दा केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६ सय परिवारमा खाद्यान्न अभाव हुने जोखिम बढेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया शुरु

नवलपुर,असोज ३० । जिल्ला प्रशासन कार्यालय काभ्रेले रसुवाको भोटेकोशीमा भदौ १० गतेको बाढीमा बेपत्ता भएका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको

Nawalpurfm

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

नवलपुर,असोज ३० । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास

Nawalpurfm

चीन र उत्तर कोरिया जोड्ने नयाँ पुल १२ वर्षपछि सञ्चालनमा

नवलपुर,असोज ३० । चीन र उत्तर कोरियाबीच व्यापार तथा आवागमन सहज बनाउने उद्देश्यले बनाइएको नयाँ सडक पुल सञ्चालनमा आएको छ । दुई देशबीचको सम्बन्धमा सुधार

↑