चीन र उत्तर कोरिया जोड्ने नयाँ पुल १२ वर्षपछि सञ्चालनमा
नवलपुर,असोज ३० । चीन र उत्तर कोरियाबीच व्यापार तथा आवागमन सहज बनाउने उद्देश्यले बनाइएको नयाँ सडक पुल सञ्चालनमा आएको छ । दुई देशबीचको सम्बन्धमा सुधार आउँदै गर्दा यालु नदीमाथि निर्माण गरिएको तीन किलोमिटर लामो पुल सञ्चालनमा आएको बीबीसीले जनाएको छ ।
चीनको सीमावर्ती सहर डान्दोङदेखि उत्तर कोरियाको सिनुइजुसम्म जोड्ने यो पुल दुई देशबीचको व्यापारिक आवागमनको प्रमुख मार्ग बन्ने अपेक्षा छ । सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियाले सडक तथा भन्सार पूर्वाधार निर्माण रोकेपछि लामो समयदेखि अलपत्र थियो ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले भिडियो सन्देशमार्फत पुललाई चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रताको नयाँ प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले पुल सञ्चालनसँगै दुई देशबीचको सम्बन्धले नयाँ अध्याय शुरु गर्ने बताउनुभएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नयाँ पुलले दुई देशबीचको सम्पर्क विस्तार गर्नुका साथै व्यापार र जनस्तरको आदानप्रदानलाई सहज बनाउने बताउनुभएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
गएको वर्ष दुई देशबीचको व्यापार २ अर्ब ७० करोड अमेरिकी डलर पुगेको थियो । यो व्यापार कोरोना महामारी अघिको स्तरमा फर्किएको हो । यद्यपि, संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि लगाएका प्रतिबन्ध कायमै रहेकाले पुल सञ्चालनमा आएपनि व्यापारमा एकाएक ठूलो वृद्धि हुने सम्भावना कम रहेको विज्ञहरूको अनुमान छ ।
चीनबाट हुने आयात अत्यधिक बढ्दा आफ्नो आन्तरिक बजारमा चिनियाँ प्रभाव विस्तार हुन सक्ने चिन्ता उत्तर कोरियालाई रहेको विज्ञहरुको विश्लेषण छ ।

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया शुरु
नवलपुर,असोज ३० । जिल्ला प्रशासन कार्यालय काभ्रेले रसुवाको भोटेकोशीमा भदौ १० गतेको बाढीमा बेपत्ता भएका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको

बुढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि आंशिक खुल्यो
नवलपुर,असोज ३० । बुढीगण्डकीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
नवलपुर,असोज ३० । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस