पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
नवलपुर,असोज ३० । आज देशका हिमाली थोरै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ ।
त्यस्तै, बाँकी पहाडी एकरदुई ठाउँमा पनि वर्षाको सम्भावना छ । तराईका धेरै ठाउँको मौसम मुख्यतया सफा रहनेछ । राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।
पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट पानी परेको छ । देशभर बादल लाग्ने गरे पनि काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँको मौसम सफा छ । दिउँसोको समयमा धेरै ठाउँमा घाम लाग्ने गरेको छ ।
यस वर्षको मनसुन बाहिरिसकेको भए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया शुरु
नवलपुर,असोज ३० । जिल्ला प्रशासन कार्यालय काभ्रेले रसुवाको भोटेकोशीमा भदौ १० गतेको बाढीमा बेपत्ता भएका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको

बुढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि आंशिक खुल्यो
नवलपुर,असोज ३० । बुढीगण्डकीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
नवलपुर,असोज ३० । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास







.2026-10-12-03-41-15.jpeg)
प्रतिकृया दिनुहोस