-->

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित, छैटौं स्थान पक्का

Nawalpurfm

नवलपुर,कात्तिक ३ । बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ ।

अल अमिरातमा हिजो भएको खेलमा नेपालले ओमानलाई १० रनले हरायो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो ।

रोहितले ८०, दीपेन्द्रले ६९ तथा देवले ५७ रन बनाए । लिग–२ को अंकतालिकामा शीर्ष–६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । ओमानमा भएको श्रृंखलामा शुरुआती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग २४ रनले पराजित भएको थियो ।

अब नेपालको ३६ खेलमा ३० अंक भएको छ । लिग–२ को शीर्ष–६ मा पर्दा एकदिवसीय मान्यता जोगिने उच्च सम्भावना छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दीपेन्द्र र रोहितको कीर्तिमानी साझेदारी, ओमानलाई २८१ रनको लक्ष्य

नवलपुर,कात्तिक २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट

Nawalpurfm

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

नवलपुर,कात्तिक २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल अल अमिरातमा नेपाली

Nawalpurfm

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

नवलपुर, असोज ३१ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु

↑