-->

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा

Nawalpurfm

नवलपुर,कात्तिक,४ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले उपत्यकाका तीन रूटमा हिजो र आज गरी दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरेको नेपाल प्रहरीले जनाएको छ ।

रूट नम्बर–१ मा नक्सालबाट शुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किने गरी तोकिएको छ ।

यस्तै, रूट नम्बर–२ अन्तर्गत नक्सालबाट बस चल्न शुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।

रूट नम्बर–३ अन्तर्गत नक्सालबाट शुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किने  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निःशुल्क बस सेवा आज टीकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो साढे ३ बजेदेखि तोकिएका रूटमा सञ्चालन हुनेछ । निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायात कम हुँदा समस्यामा परेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका नियमित सञ्चालनको माग : दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

नवलपुर,कात्तिक ३ । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ

Nawalpurfm

आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

नवलपुर,कात्तिक ३ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका

Nawalpurfm

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

नवलपुर,कात्तिक २ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।  गएको असोज २५ गते घटस्थापनादेखि

↑