तातोपानी नाका नियमित सञ्चालनको माग : दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए
नवलपुर,कात्तिक ३ । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले यो नाका आज मंगलबारसहित तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याएका सामग्री उतै रहने जोखिम बढेको बताउनुभएको छ ।
चीनको न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ वटा भन्दा धेरै कन्टेनरहरू रोकिएका छन् । अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव नरहेकाले नियमित रुपमा सञ्चालन आवश्यक रहेको उहाँले बताउनुभयो ।
महासचिव पराजुलीका अनुसार संघले चीन सरकार र नेपालमा रहेको चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ । उहाँका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएका छन्, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् ।
अन्य नाकाहरु सञ्चालन नभएको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट अस्ति आइतबार तीन वटा मालवाहक कन्टेनर र हिजो सोमबार सात वटा गरि १० वटा मात्रै कन्टेनर आएका छन् ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माकाअनुसार अहिलेलाई ठुला मालवाहक कन्टेनरलाई मात्रै चीनले अनुमति दिएका कारण साना कन्टेनर आउन सकेका छैनन् । भित्रिएका कन्टेनरहरुमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्रीहरु रहेका छन् ।

आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
नवलपुर,कात्तिक ३ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
नवलपुर,कात्तिक २ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् । गएको असोज २५ गते घटस्थापनादेखि

काभ्रेमा बस दुर्घटना हुँदा तीन जना घाइते
नवलपुर,कात्तिक २ । बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ दुबइगैँडामा बिहान ३ बजे







प्रतिकृया दिनुहोस