-->

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

Nawalpurfm

नवलपुर,कात्तिक २ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् । 

गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए । 

अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ । 

यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ । काठमाण्डौबाट बाहिरिने र भित्रने सबै नाकामा घटस्थापनादेखि बढेको चाप भने अहिले घट्न थालेको छ । आजदेखि सामान्य भन्दा कम मात्रै गाडी चलेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

यस्तै घटस्थापना यता सार्वजनिक गाडीमार्फत काठमाण्डौ उपत्यका भित्रिने यात्रुको सङ्ख्या अहिलेसम्म झण्डै साढे २ लाख जना पुगेको छ । आज अहिलेसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

काभ्रेमा बस दुर्घटना हुँदा तीन जना घाइते

नवलपुर,कात्तिक २ । बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ दुबइगैँडामा बिहान ३ बजे

Nawalpurfm

आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै

नवलपुर,कात्तिक २ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ

Nawalpurfm

आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै

नवलपुर,कात्तिक २ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ

↑