आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै
नवलपुर,कात्तिक २ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।
समितिले स्वीकृति दिएको पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा।डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा गएराति नै गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्को भनाइ छ ।
यसैबीच राज्यका तर्फबाट हनुमान ढोकामा गरिने कालरात्रि पूजा समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार आज राति गरिने भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । हनुमानढोका दरबारको दशैँ घरमा हिजो महाअष्टमीको सामान्य पूजा गरिएको थियो । मूल पूजा आज गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
नवलपुर,कात्तिक २ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् । गएको असोज २५ गते घटस्थापनादेखि

काभ्रेमा बस दुर्घटना हुँदा तीन जना घाइते
नवलपुर,कात्तिक २ । बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ दुबइगैँडामा बिहान ३ बजे

आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने, हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै
नवलपुर,कात्तिक २ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ








प्रतिकृया दिनुहोस