किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष
नवलपुर,असोज २२ । किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ ।
कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी ओपनएआईले किशोरकिशोरीका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ ।
१३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपनएआईले ३ अघि अगस्टदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ । यसअन्तर्गत किशोरकिशोरीलाई च्याटजीपीटीसँग अत्यधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ ।
ओपनएआईका अनुसार किशोरकिशोरीले च्याटजीपीटीमा दैनिक औसत १५ मिनेटभन्दा कम समय बिताउने गरेका छन् । लामो समयसम्म प्रयोग गर्ने किशोरकिशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढी प्रश्न गर्ने गरेको कम्पनीको दाबी छ । तर, गैरनाफामूलक संस्था कमन सेन्स मिडियाले गरेको नयाँ अध्ययनले भने च्याटजीपीटी किशोरकिशोरीका लागि अझै पनि ‘अस्वीकार्य जोखिम’ रहेको निष्कर्ष निकालेको छ ।
संस्थाले १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याटजीपीटीको प्रयोगमा रोक लगाउनसमेत सुझाव दिएको छ ।
कमन सेन्स मिडियाका अनुसार च्याटजीपीटीले किशोरकिशोरीसँग कुराकानी गर्दा साथी जस्तो व्यवहार गर्ने वा मानवीय शैलीमा कुराकानी गर्ने अवस्था पनि अझै देखिएको छ । यसबीच, बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस बढिरहेको छ ।
किशोरकिशोरीले एआई च्याटबटको प्रयोग पढाइ र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानी र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको विज्ञहरूले बताउँदै आएका छन् ।

शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत
नवलपुर,असोज २३ । शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
नवलपुर,असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने

आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ । मौसम




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस