शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत
नवलपुर,असोज २३ । शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको गाडी खरिद गर्न सक्नेछन् ।
यसैगरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे गाडी खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाडी खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ । शिक्षकले बाँकी २० प्रतिशत रकम आफैँ व्यवस्थापन गरी गाडी खरिद गर्न सक्नेछन् ।
शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको हो ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
नवलपुर,असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने

आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ । मौसम

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
नवलपुर,असोज २२।तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस