आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एकरदुई ठाउँमा छिटपुट बाहेक देशका अरु ठाउँमा पानी परेको छैन ।
आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी तथा कोशी प्रदेशको तराईका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ । साथै देशको हिमाली र पहाडी केही ठाउँमा मेघगर्जन चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजसम्म वर्षाको गतिविधि कायमै रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविद्को भनाइ छ ।

शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत
नवलपुर,असोज २३ । शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
नवलपुर,असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
नवलपुर,असोज २२।तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस