-->

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

Nawalpurfm

नवलपुर,असोज २३ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने भनिए पनि एक घण्टा ढिला गरी शुरु भएको हो ।

कास्कीका ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरुवात गरिएको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ ।

मतदान गर्न एक जनालाई झण्डै आधी घण्टा समय लाग्ने अनुमान छ । कांग्रेसका ७ हजार ३१७ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी तीनवटा केन्द्र तोकिएको छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् । निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरु गर्ने जनाएको छ ।

मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ । दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत

नवलपुर,असोज २३ ।  शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ

Nawalpurfm

आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ । मौसम

Nawalpurfm

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

नवलपुर,असोज २२।तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा

↑