-->

आज र भोलि पनि केही ठाउँमा पानी पर्ने

Nawalpurfm

नवलपुर,असोज २२ । आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाडका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मधेश लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ । पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत

नवलपुर,असोज २३ ।  शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ

Nawalpurfm

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

नवलपुर,असोज २३ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने

Nawalpurfm

आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ । मौसम

↑