-->

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

Nawalpurfm

नवलपुर,असोज २२ । काठमाण्डौमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि आज बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानको कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि काठमाण्डौका तीन ठाउँमा सात मतदान केन्द्र तोकिएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदो नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरेको छ ।

यसैगरी खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था छ ।

यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

शिक्षा नियमावलीःशिक्षकलाई गाडी किन्न ब्याजमा सहुलियत

नवलपुर,असोज २३ ।  शिक्षकलाई गाडी खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा ९११औँ संशोधन० नियमावली २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ

Nawalpurfm

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

नवलपुर,असोज २३ ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने

Nawalpurfm

आज कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,असोज २३ । गएराति गण्डकी र बागमती प्रदेशका पहाडी केही ठाउँमा हल्का वर्षा भएको छ । साथै पश्चिमी एकरदुई ठाउँमा पनि छिटपुट पानी परेको छ । मौसम

↑