दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला
नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।
यातायात व्यवस्था विभागमा आज सरोकारवालाबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
यस वर्षको दशैँमा झन्डै १० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ । यस वर्षको दशैँको घटस्थापना असोज २५ गते र दशैँको मुख्य दिन विजयादशमी कात्तिक ४ गते परेको छ ।
बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासङ्घका अध्यक्ष सिटौलाले बताउनुभयो ।
अब लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ । सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय पनि भएको छ ।

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू
नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल
नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज

पदीय हैसियत दुरुपयोग गरी गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छःगृहमन्त्री गुरुङ
नवलपुर, असोज २० । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस