पदीय हैसियत दुरुपयोग गरी गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छःगृहमन्त्री गुरुङ
नवलपुर, असोज २० । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कारबाही हुने चेतावनी दिनुभएको छ ।
उहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताउनुभएको छ ।
गृहमन्त्री गुरुङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ ।’
सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० वंशीराज दाहाल हिजो निलम्बनमा पर्नुभएको छ ।

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला
नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू
नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल
नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस