तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल
नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यो जानकारी दिनुभएको हो ।
विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको बताउनुभयो । उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभयो ।
मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो ।
मन्त्री लम्सालका अनुसार नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना छ । त्यसका लागि गुरुयोजना तयार गर्ने काम अघि बढाउने उहाँको भनाइ छ ।

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला
नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू
नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा

पदीय हैसियत दुरुपयोग गरी गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छःगृहमन्त्री गुरुङ
नवलपुर, असोज २० । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस