-->

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू

Nawalpurfm

नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वमा आसीन हुन चाहने आकाङ्क्षीहरूले आफ्नो उम्मेदवारी दर्ता गराउन शुरू गरेका छन् ।

काठमाण्डौको खुलामञ्चमा रहेको निर्वाचनस्थलमा बिहानैदेखि कार्यकर्ता तथा नेताहरूको बाक्लो उपस्थिति देखिएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने नेताहरू आफ्ना समर्थकहरूसहित निर्वाचन समितिको कार्यालय पुगिरहेका छन् ।

पार्टीको विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा हुन लागेको हो । आउँदो नेतृत्व चयन प्रक्रियालाई लिएर देशभरका प्रतिनिधिहरूमा ठूलो चासो देखिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थासहित विशेष प्रबन्ध गरेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको

Nawalpurfm

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल

नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज

Nawalpurfm

पदीय हैसियत दुरुपयोग गरी गोप्य सूचना चुहाउनेमाथि कारबाही हुन्छःगृहमन्त्री गुरुङ

नवलपुर, असोज २० । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा

↑