भोटेकोशीको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी
नवलपुर, असोज २० । सरकारले भोटेकोशीको बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी गरेको छ ।
गृहसचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा गएको भदौ १० मा आएको बाढीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन दुई वटा ऐन संशोधनको प्रश्ताव अघि बढेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृहसचिव शर्माले विपद्को शुरुवाती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र, सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनुभयो ।
पुनर्निर्माणका विषयमा उहाँले राष्ट्रिय योजना आयोगको ‘र्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट’ अनुसार तत्कालका लागि ७ खर्ब २३ अर्ब रुपैयाँको क्षति अनुमान गरिएको बताउनुभयो ।
गृहसचिव शर्माले विपद्को यो घटना नेपालले अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्वतयारी क्षमतामा पनि प्रश्न खडा गरेको बताउनुभयो ।

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला
नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू
नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल
नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस