कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता, प्रतिनिधिको नामावली सार्वजनिक
नवलपुर,असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ ।
मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी–विरोध, दाबी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ । आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
त्यसैगरी, भोलि बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । पर्सि २२ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टीको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल तोकिएको छ । पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहनेछ ।
पार्टीका प्रवक्ता देवराज चालिसेकाअनुसार संशोधित व्यवस्थाअनुसार केन्द्रिय कार्यसमितिमा वरिष्ठ उपसभापतिसहितका पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रिय कार्यसमितिमा सभापतिबाट ६६ जना मनोनित हुनेछन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशित गरेको छ । थप छुटपुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने भएको छ ।
प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ ।

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला
नवलपुर, असोज २० । यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको

कांग्रेस महाधिवेशनःउम्मेदवारी दर्ता शुरू
नवलपुर, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छःमन्त्री लम्साल
नवलपुर, असोज २० । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ । सिंहदरबारमा आज



.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस