पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद
नवलपुर, असोज १४ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ ।
म्याग्दीको दानामा रहेको सबस्टेशन र ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा ३ दिनदेखि मुस्ताङ विद्युत्विहीन छ । बेनी–जोमसोम–कोरला सडक खण्डका ४६ ठाउँमा क्षति पुग्दा सडक मार्ग पूर्ण अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा आवातजावातसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो ।
मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै उहाँले लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो । विशेषगरी लुक्रा गाउँमा स्थानीयवासीको घर पूर्ण र आंशिकरूपमा क्षति भएको उहाँले बताउनु भयो ।
पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र सञ्चार प्रणालीमा धक्का पुगेको छ । सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ ।
सांसद थकालीले यस विपत्तिलाई ‘राष्ट्रिय सुरक्षा’ र ‘जलवायु सुरक्षा’ को दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह गर्नुभयो ।

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन
नवलपुर,असोज १७ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर

मौसमी विपद्का कारण गण्डकीमा २३ जनाको मृत्यु, १५ सम्पर्कविहीन
नवलपुर, असोज १३ । यही असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्का कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भए । गण्डकीमा ८ गते बिहीबारबाट १२ गते

बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो
नवलपुर, असोज १३ । बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका

.2026-10-03-07-49-59.jpeg)




.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस