बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो
नवलपुर, असोज १३ । बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ ।
गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
पछिल्लो पटक ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जना ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिनुभयो । सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो ।
त्यस्तै शनिबार ताराखोलामै एक जनाको ज्यान गएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाले ज्यान गुमाएका थिए । तमानखोला गाउँपालिकामा एक जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन
नवलपुर,असोज १७ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर

पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद
नवलपुर, असोज १४ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ । म्याग्दीको दानामा रहेको

मौसमी विपद्का कारण गण्डकीमा २३ जनाको मृत्यु, १५ सम्पर्कविहीन
नवलपुर, असोज १३ । यही असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्का कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भए । गण्डकीमा ८ गते बिहीबारबाट १२ गते

.2026-10-03-07-49-59.jpeg)




.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस