-->

यूएनएचसीआरमा बजेट संकट, ८३ लाख विस्थापित प्रभावित हुने जोखिम

Nawalpurfm

नवलपुर,असोज १४ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावका कारण विश्वभरका झण्डै ८३ लाख शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ ।

यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि ८ अर्ब ५० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म २ अर्ब ७० करोड डलर अर्थात् ३२ प्रतिशत मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ ।

बजेट अभावका कारण चाड, इथियोपिया र सुडानलगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ । संस्थाका अनुसार इराकमा ३ लाख ५० हजार जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणका अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन् ।

यस्तै, सिरियामा १ लाख ६२ हजार ५०० जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा स्वदेश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ । संंस्थाका अनुसार सन् २०२५ मा बजेट संकटका कारण झण्डै ५ हजार कर्मचारीको पद कटौती गरिएको थियो ।

यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दातृ राष्ट्रबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप दबाब परेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

ट्रम्पको धम्कीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजल निकासा गर्ने

नवलपुर, असोज १७ । इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न जी–सेभेन देशहरू १० करोड ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका

Nawalpurfm

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, हिजोदेखि नयाँ नियम लागू

नवलपुर,असोज १७ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

Nawalpurfm

इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ

नवलपुर,असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कारबाहीको

↑