इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ
नवलपुर,असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कारबाहीको सम्भावनासमेत खुला राख्नुभएको छ ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउनेमध्ये कुनै एक निर्णय छिट्टै हुनसक्ने बताउनुभएको अलजजिराले जनाएको छ ।
उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दाबी गर्नुभयो । तर, पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढिरहेको देखाएको छ ।
इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाफ प्राप्त गरेको जनाएको छ । इरानले यसअघि सात दिनको युद्धविराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो । त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेलसम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनुभएको छ । यद्यपि, कतारलगायत मध्यस्थकर्तामार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन् । पछिल्लो अमेरिकी जवाफको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । हर्मुजको अवस्था अझै विश्वका लागि महत्वपूर्ण बनेको छ ।
पछिल्ला दिनमा यो जलमार्गबाट तेलको आवागमनमा सुधार आए पनि युद्ध, नाकाबन्दी, सुरक्षा जोखिम र बढेको बीमा लागतका कारण अवस्था अझै सामान्य भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको धम्कीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजल निकासा गर्ने
नवलपुर, असोज १७ । इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न जी–सेभेन देशहरू १० करोड ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, हिजोदेखि नयाँ नियम लागू
नवलपुर,असोज १७ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात्

उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलटबीच कुटाकुट
नवलपुर, असोज १४ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई

.2026-10-03-07-49-59.jpeg)




.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस