ट्रम्पको धम्कीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजल निकासा गर्ने
नवलपुर, असोज १७ । इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न जी–सेभेन देशहरू १० करोड ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका छन् । यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिनुभएको थियो । यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनावअघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा भने डिजलको मूल्य बढाउने थियो ।
जी–सेभेन देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन् ।
जी–सेभेन देशहरूमा अमेरिका, बेलायत, क्यानडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन् । अनि यी देशको बैठकमा युरोपेली सङ्घ ९ईयू० को पनि प्रतिनिधित्व हुने गर्छ ।
युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारणबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने लेख्नुभएको छ ।

अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, हिजोदेखि नयाँ नियम लागू
नवलपुर,असोज १७ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात्
.2026-10-01-06-51-16.jpeg)
इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ
नवलपुर,असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कारबाहीको

उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलटबीच कुटाकुट
नवलपुर, असोज १४ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई


.2026-10-03-07-49-59.jpeg)




प्रतिकृया दिनुहोस