अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, हिजोदेखि नयाँ नियम लागू
नवलपुर,असोज १७ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् हिजोदेखि लागू भएको छ । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।
नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामाबाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन् । नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ ।
अहिलेको कोर्स पूरा हुन अझै १२ महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन । कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन् ।
नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ । यो नियम विद्यावारिधि अध्ययनरत, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ ।
अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै ३ लाखबाट घटाएर २ लाख २५ हजार पुऱ्याउने नीति अघि सारेको छ ।

ट्रम्पको धम्कीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजल निकासा गर्ने
नवलपुर, असोज १७ । इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न जी–सेभेन देशहरू १० करोड ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका
.2026-10-01-06-51-16.jpeg)
इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ
नवलपुर,असोज १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कारबाहीको

उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलटबीच कुटाकुट
नवलपुर, असोज १४ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई


.2026-10-03-07-49-59.jpeg)




प्रतिकृया दिनुहोस