बाढीले बन्द भएको कालीगण्डकी ‘ए’ बाट विद्युत् उत्पादन शुरु गर्ने तयारी
नवलपुर,असोज १२ । कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेल्टारीमा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।
अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन पुनः सञ्चालन गर्न लागेको हो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ । उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो ।
बाढीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको थियो । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ । सुस्ता

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : विपक्षीद्वारा संसद्मा सरकारकाे कडा विराेध
नवलपुर,असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा सरकारसँग जवाफ मागेका

बाढी–डुबानको समस्या समाधान गर्न सांसद मनिष खनालको माग
नवलपुर,असोज १२ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र







.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस