लगातारको वर्षापछि थाइल्याण्डको बैंककका ५० वटै जिल्लालाई विपद् क्षेत्र घोषणा
नवलपुर,असोज ११ । थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ ।
सडक तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई ठाउँमा सारिएको छ । बैंककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म ३०० मिलिमिटरसम्म वर्षा भएको एपी न्युजले जनाएको छ ।
वर्षापछि बैंककका सबै ५० जिल्लालाई बाढी प्रभावित विपद् क्षेत्र घोषणा गरिएको छ । लगातारको वर्षाका कारण सडकहरू जलमग्न भएका छन् । थाइल्याण्डको मौसम विभागका अनुसार बैंककसहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आजसम्म अत्यधिक ठूलो वर्षा हुनसक्ने सम्भावना छ ।
त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र होचा भूभागमा बाढी तथा डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनेको छ । भोलिदेखि वर्षा केही कम हुने अनुमान छ । तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठुलो वर्षा हुनसक्ने त्यहाँको मौसम विभागको अनुमान छ ।

हर्मुज जलमार्ग खोल्नेबारे इरानको शर्त यथावत
नवलपुर,असोज १२ । अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन । इरानले आफ्ना सर्त पूरा

‘स्ट्रेट अफ होर्मुज’ खोल्न अमेरिकासमक्ष इरानको ७ दिने नयाँ प्रस्ताव
नवलपुर,असोज १० । इरानले मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरु गर्न

ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्धविराम लम्ब्याउने सहमति
नवलपुर,असोज ९ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका–चीन व्यापार








.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस