-->

‘स्ट्रेट अफ होर्मुज’ खोल्न अमेरिकासमक्ष इरानको ७ दिने नयाँ प्रस्ताव

Nawalpurfm

नवलपुर,असोज १० । इरानले मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरु गर्न अमेरिकासमक्ष नयाँ प्रस्ताव अघि सारेको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीका अनुसार इरानले अमेरिकालाई एक हप्ताभित्र स्ट्रेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो । न्युयोर्कमा पत्रकारसँगको कुराकानीमा अराघचीले आवश्यक सर्तहरू पूरा भएमा मात्रै स्ट्रेट अफ हर्मुज खोल्ने सकिने बताउनुभएको छ ।

उहाँकाअनुसार ती सर्तहरू गएको जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) मा समावेश छन् । यो योजना कतारमार्फत अमेरिकालाई बुझाइएको जानकारी दिँदै अराघचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्ने चेतावनी समेत दिनुभएको थियो ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयूक्तरुपमा आक्रमण शुरु गरेका थिए । त्यसको जवाफमा इरानले पनि खाडीमा रहेका इजरायली र अमेरिकी अखडाका साथै अमेरिकाका अरब खाडीका सहयोगी देशहरुमाथि आक्रमण गर्नुका साथै स्ट्रेट अफ हर्मुज बन्द गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हर्मुज जलमार्ग खोल्नेबारे इरानको शर्त यथावत

नवलपुर,असोज १२ । अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन । इरानले आफ्ना सर्त पूरा

Nawalpurfm

लगातारको वर्षापछि थाइल्याण्डको बैंककका ५० वटै जिल्लालाई विपद् क्षेत्र घोषणा

नवलपुर,असोज ११ । थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ । सडक तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित

Nawalpurfm

ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्धविराम लम्ब्याउने सहमति

नवलपुर,असोज ९ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका–चीन व्यापार

↑