-->

भोटेकोशीका विपद्प्रभावितका लागि होटल व्यवसायी महासंघ नवलपुरको रु. १ लाख १९ हजार ६सय ३३  सहयोग

Nawalpurfm

नवलपुर,भदौ २७ । चीनको तिब्बतमा हिमताल विस्फोटपछि आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै होटल व्यवसायी महासंघ नवलपुरले विपद् प्रभावितका लागि रु. १ लाख १९ हजार ६ सय ३३ सहयोग गर्ने भएको छ।

महासंघमा आबद्ध होटल व्यवसायीहरूबाट विपद् प्रभावित नेपालीलाई सहयोग गर्ने उद्देश्यले रु. १ लाख ३४ हजार ६ सय ३३ रकम संकलन भएको थियो। संकलित रकममध्ये रु. १५ हजार विपद्को सुरुवाती चरणमा आवश्यक सहयोग तथा व्यवस्थापनमा खर्च भइसकेको र बाँकी रु. १ लाख १९ हजार ६ सय ३३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष सन्तोष राना मगरले जानकारी दिनुभयो।

महासंघले बाढीपहिरोलगायत विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा खोजीका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहलको अपेक्षा गरेको जनाएको छ।

महासंघले विपद्को सुरुवाती चरणदेखि नै राज्यका निकाय तथा प्रभावित परिवारलाई सक्दो सहयोग गर्दै आएको जनाएको छ। नवलपुर जिल्लामा पहिचानका लागि ल्याइएका शव बुझ्न आउने परिवारजन तथा आफन्तका लागि महासंघले निःशुल्क खाना र आवासको व्यवस्थासमेत गरेको अध्यक्ष मगरले बताउनुभयो।

महासंघले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई 

नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

Nawalpurfm

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया

विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

Nawalpurfm

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग

नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको