गैँडाकोटको हर्कपुरमा बस दुर्घटना, १८ घाइते
नवलपुर,भदौ २७ । गैँडाकोटमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा शुक्रबार बिहान करिब ६ः५० बजे दुर्घटना भएको हो। नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ। उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये कालिकोटका ३६ वर्षीय धनमान हमाल, गैँडाकोट–५ की ६० वर्षीया लिला थापा, गैँडाकोट–६ की ४३ वर्षीया मिरा आचार्य, बाराका ६० वर्षीय मोहन भैया साह, दाङका ५५ वर्षीय निमलाल खड्का, उनकी श्रीमती ५५ वर्षीया अमृता खड्का तथा गैँडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाटको अवस्था मध्यम रहेको छ।
त्यस्तै गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली, चितवनका ४७ वर्षीय सन्तोष मगरुङ, रत्ननगरका १० वर्षीया दिभा रानाभाटलगायतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये केहीलाई टाउको, अनुहार, छाती, हातखुट्टा तथा गालामा चोट लागेको छ। गोरखाका ३५ वर्षीय शंकर बयलकोटी बसका सहचालक रहेको प्रहरीले जनाएको छ।
दुवै बस प्रहरी नियन्त्रणमा छन् भने लु २ ख ६४५७ नम्बरको बसका चालक बौदीकाली गाउँपालिका–६, नवलपुरका ४२ वर्षीय लोकबहादुर थापामगर प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

नवलपुरको पेलेगाबाट निस्कीरहेको धुंवा बिशाक्त रहेको भनाई
नारायण शर्मा । नवलपुर, असोज १ । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको बाक्लो धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको

नवलपुरको स्वास्थ्य अवस्था, चुनौती र आगामी योजनाबारे पत्रकारसँग अन्तरक्रिया
विमा गाहा मगर । नवलपुर,भदौ ३१ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, चुनौती तथा आगामी योजनाबारे

रसुवा बाढीपीडितका लागि प्याब्सन नवलपुरको ५० लाख एक सय ११ सहयोग
नवलपुर,भदौ ३० । देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी विद्यालयहरूको





प्रतिकृया दिनुहोस