मलको कालोबजारी गरेको आरोपमा दाङमा चारजनाविरुद्ध मुद्दा दायर
नवलपुर,भदौ ३ । दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर भएको हो ।
प्रहरीका अनुसार उनीहरूलाई गएको साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा ट्याक्टरमा डीएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ट्याक्टरसँगै ५३ बोरा डीएपी र चार बोरा युरिया मल बरामद गरिएको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो । किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा उनीहरूले बङ्गलाचुली गाउँपालिका–५ मा रहेको सहकारीका लागि साउन २८ गते १३० बोरा डीएपी र १८० बोरा युरिया मल खरिद गरेको देखिएको छ ।
सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानुनी कारबाही अघि बढाइएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनुभयो ।
मुद्दा दायर गरिएकालाई ऐनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ
नवलपुर, भदौ ४ । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह
नवलपुर,भदौ ४ । सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह
नवलपुर,भदौ ४ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको




.2026-08-18-03-41-28.jpeg)


प्रतिकृया दिनुहोस