धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह
नवलपुर,भदौ ४ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
विभिन्न माग राखेर ५ दिनदेखि ललितपुरको पुल्चोकमा रहेको मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा।टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न उल्लेख छ ।
आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएकोे छ । विज्ञप्तिमा धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनिहरुलाई उचित ठाउँमा स्थानान्तर गर्न र स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ ।
समस्या समाधानका वार्ता टोली गठन भएकोमा आयोगले सकारात्मक रुपमा लिएको जनाएको छ । समस्याको समाधान वार्ता र संवादबाटै संभव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले सबै पक्षसँग अनुरोध गरेको छ ।

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ
नवलपुर, भदौ ४ । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह
नवलपुर,भदौ ४ । सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली
नवलपुर,भदौ ४ । ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली र उज्यालो हुन थालेको छ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा




.2026-08-18-03-41-28.jpeg)


प्रतिकृया दिनुहोस