-->

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ

Nawalpurfm

नवलपुर, भदौ ४ । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन् ।


तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।

गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।

स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेर अहिले प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै उनीहरूले डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन् ।

आन्दोलनरत पक्षले टायर बालेर जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्ण रूपमा यातायात ठप्प छ ।

बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आजै दिउँसो आन्दोलनरत पक्षको माग समेट्ने गरी निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘हामीले दोषी पक्राउ गरिसकेका छौं, प्रहरीको लापर्वाहीका विषयमा स्थानीयले उठाउनुभएको माग जुन छ, त्यसमा हामी आँफै भेरीफाई गर्दैछौं’ प्रजिअ मिश्रले भन्नुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

नवलपुर,भदौ ४ । सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

Nawalpurfm

धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

नवलपुर,भदौ ४ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको

Nawalpurfm

ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली

नवलपुर,भदौ ४ । ललितपुरको चक्रपथ खण्ड रातको बेला झिलिमिली र उज्यालो हुन थालेको छ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा