-->

गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

Nawalpurfm

नवलपुर,भदौ ३ । गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको झापामा १५९ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी गण्डकीको कास्की र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ भने लमजुङमा ८५ र गोरखामा ६६ मिलिमिटर पानी परेको छ । साथै सिन्धुपाल्चोक, काभ्रे र काठमाण्डौमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

गरिमा हत्या विरोधमा इलाका प्रहरी कार्यालय सिमरा घेराउ

नवलपुर, भदौ ४ । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका

Nawalpurfm

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

नवलपुर,भदौ ४ । सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

Nawalpurfm

धर्नामा बसेकाहरुको माग पूरा गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

नवलपुर,भदौ ४ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको