-->

चापाकल खरिदमा अनियमितताको आशंका, अख्तियारद्वारा मुद्दा दायर

Nawalpurfm

नवलपुर,भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जना व्यक्ति र ५ वटा सप्लायर्स कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ ।

एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँगको मिलेमतोमा भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजयकुमार यादव, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादव, तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवलगायतविरुद्ध आरोपत्र दायर गरेको हो ।

आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानुनबमोजिम सजायको मागदाबी गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,भदौ २ । आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाहुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो

Nawalpurfm

आज कल्की जयन्ती: भगवान विष्णुको भविष्यमा हुने अन्तिम अवतारको स्मरण

नवलपुर,भदौ २ । आज कल्कि जयन्ती हो । भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतारको रूपमा मानिने कल्कि अवतारको जन्म उत्सव वा तिथिको रूपमा मनाइन्छ। हिन्दू

Nawalpurfm

वर्षा पश्चिमी भूभागतर्फ बढी केन्द्रित

नवलपुर,भदौ १ । देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार गएराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले