वर्षा पश्चिमी भूभागतर्फ बढी केन्द्रित
नवलपुर,भदौ १ । देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार गएराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ ।
पछिल्लो ६ घण्टामा तनहुँमा ७२।८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लमजुङ, नवलपरासी पूर्व, पाल्पा, म्याग्दीमा मध्यम वर्षा भएको छ । पूर्वमा खोटाङ, संखुवासभा, भापामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मधेश प्रदेशमा भने वर्षा एकदमै कम भएको छ । अहिले कञ्चनपुरमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा वर्षा भइरहेको छ । त्यस्तै पूर्व झापामा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहकोे छ । विशेषगरी लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई ठाउँमा भने मुसलधारे वर्षाको अनुमान छ ।
त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना कायमै छ ।

चापाकल खरिदमा अनियमितताको आशंका, अख्तियारद्वारा मुद्दा दायर
नवलपुर,भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जना व्यक्ति र ५

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,भदौ २ । आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाहुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो

आज कल्की जयन्ती: भगवान विष्णुको भविष्यमा हुने अन्तिम अवतारको स्मरण
नवलपुर,भदौ २ । आज कल्कि जयन्ती हो । भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतारको रूपमा मानिने कल्कि अवतारको जन्म उत्सव वा तिथिको रूपमा मनाइन्छ। हिन्दू

.2026-08-18-03-41-28.jpeg)





प्रतिकृया दिनुहोस