-->

आज नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै

Nawalpurfm

नवलपुर,भदौ १ । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ ।

आज घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने गरिन्छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ ।

यसवर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

नागपञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसङ्ग पनि जोडिएका छन् । आज आठ प्रमुख नागको विशेष पूजा गर्ने परम्परा छ । आज काठमाण्डौको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजाआजा हुँदैछ ।

धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ । प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्पलगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

चापाकल खरिदमा अनियमितताको आशंका, अख्तियारद्वारा मुद्दा दायर

नवलपुर,भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जना व्यक्ति र ५

Nawalpurfm

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,भदौ २ । आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाहुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो

Nawalpurfm

आज कल्की जयन्ती: भगवान विष्णुको भविष्यमा हुने अन्तिम अवतारको स्मरण

नवलपुर,भदौ २ । आज कल्कि जयन्ती हो । भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतारको रूपमा मानिने कल्कि अवतारको जन्म उत्सव वा तिथिको रूपमा मनाइन्छ। हिन्दू