-->

भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

Nawalpurfm

नवलपुर, साउन ३० । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, नागरिकबीचको निकट सम्बन्ध र सहकार्य आउँदा वर्षहरूमा अझ बलियो हुँदै जाओस्’, प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

खाना पकाउने ग्यास लिनेको लाइन

नवलपुर, साउन ३० । नेपाल आयल निगमले आज काठमाण्डौका ५ वटा ठाउँबाट खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गरिरहेको छ । निगमले टेकुमा रहेको निगमको

Nawalpurfm

नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

नवलपुर, साउन ३० । नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् । शिवपुरी गाउँपालिका–७

Nawalpurfm

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

नवलपुर, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले