नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो
नवलपुर, साउन ३० । नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् ।
शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङको टोखा–छहरे सडक खण्डमा रोकेर राखेको बस आज बिहान ९ बजेतिर अचानक गुड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो । त्यसपछि दुवै गाडी सडकबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० इकबाल हवारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारका लागि काठमाण्डौ ल्याएकोमा २ जनालाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।
ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।
यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई काठमाण्डौ बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई काठमाण्डौ बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते रहेका छन् ।

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
नवलपुर, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले

नौमती बाजा जोगाउँदै आमाहरू
नवलपुर, साउन ३० । बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो । त्यतिबेला

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
नवलपुर,साउन ३० । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा






प्रतिकृया दिनुहोस