-->

खाना पकाउने ग्यास लिनेको लाइन

Nawalpurfm

नवलपुर, साउन ३० । नेपाल आयल निगमले आज काठमाण्डौका ५ वटा ठाउँबाट खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री गरिरहेको छ ।

निगमले टेकुमा रहेको निगमको कार्यालय, चाबहिलको यातायात कार्यालय परिसर, कीर्तिपुरको राधास्वामी परिसर, बसुन्धराको राधास्वामी परिसर र बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री गरिरहेको हो ।

ग्यास बिक्री भइरहेका सबै ठाउँमा उपभोक्ताको लामो लाइन लागेको छ । निगमले लामो समयदेखि ग्यास आपूर्ति नियमित रहेको दाबी गरिरहेको भए पनि उपभोक्ता गाडी भाडा तिरेर टाढादेखि सिलिन्डर र नागरिकता बोकेर लाइनमा बसेका छन् ।

यसैबीच निगमले ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउनू भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ ।

घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिन्डर बोकेर पुग्नुपर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो । कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचयपत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

नवलपुर, साउन ३० । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा

Nawalpurfm

नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

नवलपुर, साउन ३० । नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् । शिवपुरी गाउँपालिका–७

Nawalpurfm

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

नवलपुर, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले