देउवा पक्षको राष्ट्रिय भेलामा कांग्रेस एकजुट बनाउने दाबी
नवलपुर,साउन ३० । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेला हिजोदेखि काठमाण्डौमा शुरु भएको छ । भेलाको उद्घाटन समारोहमा देउवालगायतका नेताहरूले कांग्रेसलाई एकजुट बनाउने दाबी गरेका छन् ।
करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताउनुभयो । लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि, विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दाबी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नुभयो । देउवाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि बृहत्तर राष्ट्रिय सहमतिका लागि पहल गर्ने पनि बताउनुभयो । भेलाको संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमा पार्टी र अरुदल एकताबद्ध हुने दाबी गर्नुभयो । नेता शेखर कोइरालाले कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको जनाउँदै अब एकढिक्का हुनुपर्ने बताउनुभयो । काठमाण्डौको सुकेधारामा शुरु भएको भेला भोलिसम्म चल्नेछ ।
भेलामा उपस्थित नेताहरुले देउवालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन् । पुस अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई देउवा पक्षले स्वीकार गरेको छैन । भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता–कार्यकर्ताको सहभागिता छ ।
नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको भए पनि थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य अहिलेलाई थाती राखिएको छ ।

नुवाकोटमा रोकिराखेको बसले गुडेर भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो
नवलपुर, साउन ३० । नुवाकोटको थानाभञ्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । अरू ३ जना घाइते भएका छन् । शिवपुरी गाउँपालिका–७

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
नवलपुर, साउन ३० । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले

नौमती बाजा जोगाउँदै आमाहरू
नवलपुर, साउन ३० । बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो । त्यतिबेला






प्रतिकृया दिनुहोस