सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
नवलपुर,साउन २७ । सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिरहाका गनेणकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यही साउन १० गते बेलुका सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको झडपमा ओमप्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्रकुमारको उपचारका क्रममा ज्यान गएको थियो । यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन ११ गते सिरहाको गोलबजारमा भएको झडपमा गणेशकुमार यादवको ज्यान गएको थियो ।
यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने करमा छुट दिने भएको छ । बैठकले एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी बैठकले पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
सरकारले पोर्चुगल सरकारलाई काठमाण्डौमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ ।

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने
नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका

पत्रकार किशोर श्रेष्ठ पक्राउ
नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो ।

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा





प्रतिकृया दिनुहोस