नेपालजस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन
नवलपुर,साउन २० । नेपालजस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ । साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ ।
सामान्य अवस्थामा एक सय वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन–२०२६ ले देखाएको हो । विकासशील देशहरूका सरकारले बिजुली, इन्टरनेट पहुँच, सीप विकास र संस्थागत गुणस्तरमा विद्यमान कमीलाई हटाउन तत्काल कदम चालेमा एआईले विकासको गतिमा कायापलट ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
एआईका कारण रोजगारी गुम्नेभन्दा पनि यसले कामदारको क्षमता बढाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्ने उहाँको धारणा छ । एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनः स्थापित गर्न कठिन हुने उल्लेख छ ।
यस्ता एआई प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्यधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ ।

सञ्चारकर्मी आदर्श सुशीलको शब्दमा चलचित्र लाइफ ड्यामेजको ब्युटिफूलमु गीत सार्वजनिक
नवलपुर,वैशाख ११ । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश ब्युटिफूलम बोलको गीत सार्वजनिक गरिएको छ। जेठ १

युट्युब सेवा केही समयका लागि अवरुद्धः१६ लाखभन्दा धेरै प्रयोगकर्ताको गुनासो
नवलपुर,फागुन ६ । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख

अमेरिकाबाट जन्मिएको नेपाली भाव–भुवन लोहनीको “जुनसँग के दाजुर” सार्वजनिक (भिडियो)
नवलपुर, पुस १५ । अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतसँगको नाता मजबुत बनाउँदै आएका भुवन लोहनीले नयाँ म्युजिक भिडियो “जुनसँग के दाजुर” सार्वजनिक







प्रतिकृया दिनुहोस